फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्यमा ढिलाइ

(GMT+08:00) 2017-07-14 16:28:26

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। चार महिना अवधिमा ६ प्रतिशत मात्रै काम भएको छ। पहिलाको स्थानीय सहठेकेदार कम्पनीसँग लेनदेनको विवाद भएदेखि नै आयोजनाको काम सुस्त बनेको हो। सहठेकेदार कम्पनी अलग भएपछि चिनियाँ ठेकेदार कम्पनी 'नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुप' ले अर्को कम्पनीलाई राख्न पनि नसकेको इकान्तिपुर अनलाइनले जनाएको छ।

चैतको सुरुमै २४ प्रतिशत पूरा भएको आयोजनाको काम असारसम्ममा ५० प्रतिशतको हाराहारीमा निर्माण कार्य सम्पन्न हुने अपेक्षा थियो। दैनिक २ सयभन्दा बढी संख्यामा कामदार पुर्‍याउन भनिए पनि आधा मात्रै उपलब्ध हुने गरेका छन्। आयोजना स्थलमा खटिएका प्रतिनिधि तथा प्रमुखले निर्माण कार्यलाई राम्ररी व्यवस्थापन गर्न नसकेकाले निर्धारित समयमा आयोजना पूरा हुन नसक्ने जनाए। उनले प्रतिनिधि परिवर्तन गरी अर्को दक्ष प्रतिनिधि पठाउन चीनस्थित ठेकेदार कम्पनीको मुख्य कार्यालयमा पत्राचार गरिसकेको बताए। आयोजनाको काममा भइरहेको ढिलाइले निजी क्षेत्रका व्यवसायी तथा लगानीकर्तालाई चिन्तित बनाएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले निर्धारित समयमा आयोजना सम्पन्न नभए लुम्बिनी क्षेत्रको विकासलाई दीर्घकालीन रूपमा असर पार्ने र लगानीको वातावरण अन्योल हुने बताउनुभयो।

भ्याटसहित ६ अर्ब २२ करोड रुपैयाँमा ठेक्का लिएको उक्त चिनियाँ निर्माण कम्पनीले आयोजनाको प्रथम चरणको काम सन् २०१७ मा सम्पन्न गर्नुपर्ने थियो। भूकम्प, नाकाबन्दीलगायत कारणले निर्माण अवधि लम्बिएर सन् २०१८ को जुन १५ पुगेको छ।

जानकारी तथा लेखहरु