फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले वृद्ध प्रत्याभूति सेवा सुधारलाई शीघ्र पार्ने

(GMT+08:00) 2017-07-14 16:29:36

चिनियाँ बूढा-बूढीको संख्या तीव्र गतिले बढ्दै गएको सिलसिलामा वृद्ध प्रत्याभूति संस्थाको अभाव पनि दिनप्रति दिन स्पष्ट देखिँदै गएको छ। त्यस अन्तर्विरोधको समाधानका लागि चीनले जोडतोडसँग वृद्ध प्रत्याभूति सेवा सुधारलाई शीघ्र पार्नुका साथै विकास हुने निष्पक्ष र व्यवस्थित वातावरण सिर्जना गरिरहेको छ।

चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्युरोले जनाए अनुसार, सन् 2016 मा चीनका साठी वर्षभन्दा माथि उमेर पुगेका पाको पुस्ताको संख्या तेईस करोड पुगेको छ। त्यस अङ्कले चिनियाँ कुल जनसंख्याको सोह्र दशमलब सात प्रतिशत स्थान ओगटेको छ। ती वृद्ध-वृद्धहरूमध्ये एकलै बसेकाहरूको संख्या लगभग दश करोड पुगेको छ।

गत वर्षको अन्त्यमा चीनको राज्य परिषद् कार्यालयले वृद्ध प्रत्याभूति सेवा बजारलाई सम्पूर्ण रुपमा विस्तार गर्ने एउटा दस्तावेज सार्वजनिक गरेको थियो। त्यस दस्तावेजमा वृद्ध प्रत्याभूति संस्थामा प्रवेश हुने नियमलाई खुकुलो पार्न आग्रह पनि उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु