फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले 542 पटक युद्धविराम सन्धि उल्लंघन गरेको पाकिस्तानको दावी

(GMT+08:00) 2017-07-14 16:31:31

पाकिस्तानको विदेशी मन्त्रालयका प्रवक्ता नाफीस जकारियाले जुलाई तेह्र तारिख जानकारी दिनुभएअनुसार यस वर्ष भारतीय सेनाले कश्मीर वास्तविक नियन्त्रण रेखाको वरिपरि निरन्तर रुपमा रस्साकस्सी गर्दै अहिलेसम्ममा 542 पटक द्विपक्षीय युद्धविराम सन्धि उल्लंघन गरेको छ।

प्रवक्ता जकारियाले सोहि दिन एउटा पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाले पाकिस्तानको गाउँ र जनता भेला भएका क्षेत्रमाथि आक्रमण गरेर जानाजानी दुई मुलुकको तनाव सिर्जना गर्नुका साथै भारतीय सेनाले कश्मीर क्षेत्रमा हिंसात्मक गतिविधिलाई अझै बढाइरहन खोजेको टिप्पणी गर्नुभयो।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार, भारतीय सेनाले आठ तारिख कश्मीर क्षेत्रमा पाकिस्तानतर्फ गोली हानेर पाँच जना पाकिस्तानीको हत्या गरेको छ।

जानकारी तथा लेखहरु