फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्क भिसा प्रभावकारी बनाउने सहमति भएको नेपालका गृहमन्त्रीद्वारा जानकारी

(GMT+08:00) 2017-07-15 14:01:41

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकभित्र साझा भिसालाई प्रोत्साहन गर्न संयन्त्र अघि बढाउने सहमति सदस्य मुलुकहरूबीच भएको छ। श्रीलंकाको कोलम्बोमा शुक्रबार सम्पन्न आठौं सार्क गृहमन्त्रीस्तरीय बैठकले त्यस्तो सहमति गरेको ईकान्तिपुर अनलाइनले जनाएको छ।

बैठकमा भाग लिएर फर्केका गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्नुभयो, 'यस क्षेत्रका नागरिकले सार्क मुलुकमा आवागमन गर्दा भिसा प्रक्रियालाई सरलीकरण गर्ने निर्णय भएको छ ।'

मन्त्री शर्माले सार्क भिसा एक्जिम्सन स्टिकर स्किमको दायरा बढाएर यसलाई थप सहजीकरण गर्दै कार्यान्वयनमा ल्याउने तयारी रहेको बताउनुभयो। सार्क भिसा अवधारणा युरोपियन युनियनभन्दा पहिल्यै आए पनि सीमित कोटामा बाहेक प्रयोगमा ल्याइएको छैन। सार्कलाई युरोपेली युनियनको मोडलमा अघि बढाइने भन्दै त्यहीअनुरूपको प्रतिबद्धता आएको हो।

जानकारी तथा लेखहरु