फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका पूर्वी जिल्लामा परनिर्भरता बढ्दो रहेको तथ्यांक

(GMT+08:00) 2017-07-15 14:10:48
निर्यातजन्य वस्तुको उत्पादन कम हुँदा पूर्वाञ्चलमा परनिर्भरता बढेको छ। पछिल्ला तीन वर्षमा निर्यात घट्दो क्रममा छ भने आयात झण्डै दोब्बरले बढेको छ। नेपालमा उपलब्ध नहुने औद्योगिक कच्चा पदार्थको तुलना खाद्यान्न र लत्ताकपडा आयात बढी भएको छ। विराटनगरस्थित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यालय प्रमुख कृष्ण रेग्मीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा रु ६८ अर्ब ८३ करोड ६८ लाख एक हजार ८१३ बराबरका दुई हजार ९८८ प्रकारका वस्तु आयात भएका छन् । सोही अवधिमा रु १२ अर्ब ८० करोड ४५ लाख ६ हजार ६९५ बराबरको सामान निर्यात भएको छ।

आयातको तुलनामा निर्यात झण्डै साढे ५ गुणाले कमी हो। गत आव २०७२÷७३ मा रु २६ अर्ब ६७ करोड ५७ लाख ६८ हजार ८७३ का वस्तु तथा सामग्री निर्यात भएको थियो भने गत वर्ष रु एक खर्ब ४९ अर्ब दुई करोड ८३ लाख ५७ हजार ७९ को आयात भएको थियो। नेपालबाट औसतमा ३३१ प्रकार सामग्री निर्यात हुने गरेका छन् भने आयात हुने बस्तुको संख्या तीन हजार ६०७ प्रकारका छन्। आर्थिक वर्ष ७०÷७१ मा नेपालबाट रु ३७ अर्ब ४९ करोड ३२ लाख ५० हजार ९५७ का वस्तु तथा सामग्री निर्यात भएका थिए। तर २०७१÷७२ मा निर्यात रु चार अर्ब घट्न गएको छ । यस्तै गत आवमा रु सात अर्ब निर्यात घटेको छ । लगातार निर्यात ओरालो लाग्दा आयातको मात्रा दोब्बरले बढेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो। रेग्मीका अनुसार चालु आवको ६ महिनाकै तुलनामा आयात भए चालु आवमा यस वर्ष रु एक खर्बको ३७ अर्ब ६७ करोडको आयात हुनेछ । गत आवको तुलनामा झण्डै १२ अर्बले आयात घटी हुने देखिए पनि यो विद्युत्भार कटौती कम भएका कारण इन्धनको माग घट्दा आयात घटेको देखिएको हो ।

जानकारी तथा लेखहरु