फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस साताका दक्षिण एशियाका केही महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2017-07-15 14:50:57

भारतका लागि चिनियाँ राजदूतावासले जुलाई सात तारिख एउटा वक्तव्य प्रकाशित गर्दै भारतमा रहेका चिनियाँ नागरिकलाई घनिष्ठ रुपमा स्थानीय सुरक्षा अवस्थामा ध्यान दिन र आफूलाई सुरक्षाप्रति सतर्क भैराख्न सुझाव दिएको छ। हालै भारतीय सेनाले चीन-भारतबीचको निश्चित सीमा रेखा पार गरी चिनियाँ सीमावर्ती सेना तोङ्गलाङ्ग क्षेत्रको सामान्य गतिविधिलाई विथोलेको थियो। झण्डै तीन सातादेखि यस्तो गतिविधि चलिरहेको र हालै दुई मुलुकका सेनाबीच नजिकबाट टकराव हुन थालेकाले अहिलेसम्म स्थिति शान्त हुनसकेको छैन।

पाकिस्तान र भारत सेनाबीच जुलाई आठ तारिख कश्मीर क्षेत्रमा गोली हानाहान भएको छ। दुई पक्षले एकअर्कालाई दोषारोपण गरेका छन्। पाकिस्तानी विदेश मन्त्रालयले एउटा वक्तव्य प्रकाशित गर्दै बेग्ला बेग्लै आठ, र नौ तारिख दुई पटक पाकिस्तानका लागि भारतका उच्च विशेषदूतलाई बोलाएर भारतीय सेनाले जानाजानी सर्वसाधारणप्रति लक्षित गोली प्रहार गरेकाले अन्तर्राष्ट्रिय मानव अधिकार उल्लंघन गरेकोले निन्दा गरेको वक्तव्यमा उल्लेख छ।

जुलाई छ तारिख चीनको कान सु प्रान्तको सदरमुकाम लान चौ सहरमा तेइसौं लान चौ व्यापारिक वार्ता सम्मेलनका भाग लिनुभएका नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले सिआरआई नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिनुभयो। उहाँले चीनको राष्ट्राध्यक्ष सी चिन फिङ्गले प्रस्तुत गर्नुभएको एक पेटी एक मार्गको उच्च मूल्यांकन गर्नुका साथै यस प्रस्तावले नेपालको सामाजिक विकासलाई अझ बढी मौका प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल र चीनबीचको रेलमार्ग जोडिएर नेपालमा उत्पादन भएको सामान अझ सजिलो रुपमा चीनको बजारमा प्रवेश गर्न सक्नुका साथै चीनको निर्माण उद्योगले नेपाली बजारमा अझ ठूलो भाग ओगट्ने पनि उपराष्ट्रपति पुनले जानकारी दिनुभयो।

जुलाई एघार तारिख विश्व जनसंख्या दिवस हो। संयुक्त राष्ट्र संघको जनसंख्या कोषले एउटा प्रतिवेदन प्रकाशित गर्दै नेपालको जनसंख्यामा जन्म दर र मृख्यु दर केही वर्षयता द्रुत गतिले घटेको प्रवृत्ति देखाइएको छ। नेपालको वार्षिक औसत जनसंख्या वृद्धि दर सन्1961देखि 2001सम्मको 2.25 प्रतिशतबाट 2001देखि 2011सम्मको1.35प्रतिशतसम्म घटेको छ।

जानकारी तथा लेखहरु