जापानमा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको सम्बन्धमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले जुलाई चौध तारिख पत्रकारसमक्ष जवाफ दिंदै जापानका लागि चिनियाँ राजदूतावासमार्फत् यस घटनाको समाधन गर्न, हत्यारालाई सजाय र मारिएकाका परिवारजनलाई न्याय दिलाउन जापानसँग आग्रह गरेको जानकारी दिनुभएको छ।
जुलाई एघार तारिख राति, एक जना चिनियाँ नागरिकले आपतकालीन रुपमा जापानका लागि चिनियाँ राजदूतावासमार्फत् सहयोगको याचना गरेका थिए। ती व्यक्तिका दुई जना छोरी जुलाई छ तारिख जापानको योकोहामाबाट हराएका थिए। चिनियाँ राजदूतावासले तत्काल समस्याको सामना संयन्त्र स्थापना गरेपनि चौध तारिख जापानी प्रहरीले दुई जना केटीको पार्थिव शरीर फेला पारेको थियो।
दुई जना चिनियाँ नागरिक मारिएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रवक्ता कङ श्वाङले मृतकप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुभयो। साथै उहाँले पीडित परिवारजनप्रति समवेदना व्यक्त गर्दै हत्याको घटनाको गम्भीर निन्दा गर्नुभयो।