फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दलाइको चीन विरोधी गतिविधिको चीनद्वारा विरोध रहने चीनको भनाइ

(GMT+08:00) 2017-07-15 14:52:20

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले जुलाई चौध तारिख बोल्दै दलाईले कुनै हैसियत र नामबाट कुनै मुलुकमा चीन विरोधी पृथकतावादी गतिविधि गरेको पाएमा चीनले कडा शब्दमा विरोध गर्ने र सम्बन्धित मुलुकले यस समस्यामा सही निर्णय गर्ने आशा चीनले लिएको बताउनुभएको छ।

सोहि दिनको नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले 'बोत्स्वानाका राष्ट्रपति कार्यालयले दलाईले आगामी महिनामा बोत्स्वानाको भ्रमण गरेर त्यहाँका राष्ट्रपतिले दलाईसँग भेटघाट गर्नुहुने समाचार सार्वजनिक गरेको' बारे यस्तो टिप्पणी गर्नुभएको हो।

प्रवक्ता कङ्ग श्वाङ्गले जोड दिंदै यस विषयमा चीनको अडान स्पष्ट रहेको र सम्बन्धित मुलुकले दलाईको पृथकवादी कारकतत्वबारे बुझेर चीनप्रति सम्मान देखाउन यस्तामा मामिलामा सही निर्णय गर्नसक्ने अपेक्षा चीनले गरेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु