फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्या सम्बन्धी सातौं चरणको जेनेभा शान्ति वार्ता सम्पन्न

(GMT+08:00) 2017-07-15 16:00:53

सिरिया समस्या सम्बन्धी संयुक्त राष्ट्र संघका महासचिवका विशेष दूत स्टेफेन देमिस्टुराको संयोजकत्वमा सिरिया समस्या सम्बन्धी सातौं चरणको जेनेभा शान्ति वार्ता चौध तारिख राति जेनेभामा सम्पन्न भएको छ। विशेष दूत देमिस्टुराले हिजै राति आयोजित पत्रकार सम्मेलनमा यस शान्ति वार्तामा केही नयाँ प्रगति हासिल भएको बताउँदै नयाँ चरणको शान्ति वार्ता सेप्टेम्बरको आरम्भमा आयोजना गरिने जानकारी दिनुभएको छ।

उक्त शान्ति वार्ता गत जुलाई दश तारिखदेखि जेनेभामा शुरु भएको थियो। सिरिया सरकारी प्रतिनिधि मण्डलका प्रमुख संयुक्त राष्ट्र संघका लागि सिरियाली आबासीय प्रतिनिधि बाशार अल जाफारी हुनुहुन्छ भने सिरिया विपक्षी समूहका प्रतिनिधिमा तीनवटा स्वतन्त्र समूह विभाजित गरिएको छ। ती तीनवटा स्वतन्त्र समूहमा उच्च सम्झौता-वार्ता समिति, काइरो टोली र मस्को टोली पनि समावेश छन्।

उक्त वार्तामा देमिस्टुराले शान्ति वार्तालाई अघि बढाउँदै जान अन्तर्राष्ट्रिय समाजले सकारात्मक भूमिका निर्वाह गर्दै जाने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु