फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नौ सेनाको सुदूर यात्रा फौजद्बारा इटलीको भ्रमण सम्पन्न

(GMT+08:00) 2017-07-15 16:39:25

चिनियाँ नौ सेनाको सुदूर यात्रा फौजले सफलताका साथ इटलीको मैत्रीपूर्ण भ्रमण सिध्याएर चौध तारिख दिउँसो चार बजेतिर चिभिटाभेचिया बन्दरगाह छोडेको छ। यात्रा फौजलाई बिदा गर्नका लागि चिभिटाभेचिया शहरको समुद्री किनार प्रहरी समूहका पदाधिकारी र सिपाहींहरू, इटलीका लागि चिनियाँ राजदुत, राष्ट्रिय प्रतिरक्षात्मक पदाधिकारी, चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरू, चिनियाँ पूँजीद्बारा सञ्चालित संस्था र इटलीमा अध्ययनरत् चिनियाँ विद्यार्थीहरू जम्मा गरी दुई सयभन्दा बढी मानिसहरू उक्त बन्दरगाहमा उपस्थित भएका थिए।

भ्रमण अवधिमा यात्रा फौजका निर्देशक शन हाउले अघिपछि गरी चिभिटाभेचिया शहरको समुद्री किनार प्रहरी समूह र स्थल सेनाको तालिम केन्द्रका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै इटलीको नौ सेनाको पानी जहाज फौजको लडाईं सेनापति विभागको निर्देशनालयको पनि निरीक्षण गर्नुभएको थियो।

भ्रमणताका चीन र इटली दुवै देशका नौ सेनाका सिपाहींहरूले एकले अर्काको पानी जहाजको अवलोकन गर्नुबाहेक मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पनि आयोजना गरेका थिए।

जानकारी तथा लेखहरु