फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन जोड्ने सबैभन्दा छोटो नाकाको सडक बन्ने

(GMT+08:00) 2017-07-16 19:17:06

नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको ताप्लेजुङको सुकेटार–ओलाङ्चुङ्गोला–टिपताला सडक खण्डका लागि अर्थ मन्त्रालयले झण्डै ६० करोड रुपियाँ स्वीकृति दिएको छ। उत्तरदक्षिण दोभान–ओलाङ्चुङ्गोला लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले नेपाल–चीन जोड्ने सडक आयोजनाका लागि अर्थ मन्त्रालयले भौतिक योजना मन्त्रालयलाई कुल ६० करोड ४५ लाख रुपियाँको बजेट स्वीकृत गरेको बताउनुभयो।

करिब तीन महिनाअघि लोकमार्ग आयोजनाले निमार्णाधीन सडक खण्डलाई ओलाङ्चुङ्गोलादेखि दुई देशको सिमाना टिपतालासम्म सडक निर्माणका लागि बजेट प्रस्ताव पेश गरेको थियो। अब सडक निर्माणको कार्य थप अघि बढ्ने र पूर्वी नेपालको समृद्धिको ढोका खुल्ने देखिएको छ। हाल टिपतालाबाट ओलाङ्चुङ्गोलातर्फ सडक निर्माण कार्य जारी रहेको र अब सुकेटार–ओलाङ्चुङ्गोला सडकका लागि पनि बहुवर्षीय ठेक्काप्रणाली मार्फत कार्य गर्नेगरी अनुमति प्राप्त भएकाले बोलपत्र (टेन्डर) आह्वान गरिसकिएको नेपालीले बताउनुभयो।

सुकेटार–ओलाङ्चुङ्गोला–टिपताला सडक खण्डको हालसम्म सुकेटारदेखि तापेथोकसम्म ४८ किलोमिटर सडक निर्माण भइसकेको छ। अब करिब २८ किमी निर्माण भइसक्दा सुकेटारदेखि ओलाङ्चुङ्गोलासम्म सडक जोडिने गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु