फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पछिल्ला सात वर्षमा तीन गुणा बढी राजश्व संकलन

(GMT+08:00) 2017-07-16 19:17:32

पछिल्लो सात वर्षमा तीन गुणाभन्दा बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष (२०७३/७४)मा ६ खर्ब ७ अर्ब ६७ करोड १० लाख १३ हजार रुपैयाँ राजस्व असुली भएको छ । यो रकम आव २०६७/६८ को तुलनामा तीन गुणाभन्दा बढी हो। आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा (शनिबार) परेपनि राजस्व बुझ्ने बैंकका काउन्टरहरू खुला राखेर सरकारले राजस्व संकलन गरेको थियो। महालेखा नियन्त्रकको कार्यालयका अनुसार शनिवारसम्म उठेको कुल राजस्व अघिल्लो वर्ष (२०७२÷७३)को ४ खर्ब ८२ अर्ब ७५ करोडको तुलनामा २५.८७ प्रतिशत बढी हो।

सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख राजस्व लक्ष्य लिएकोमा लक्ष्यभन्दा ७.३४ प्रतिशत बढी असुली भएको छ । बजेटको मध्यावधि समीक्षामा ५ खर्ब ८० अर्ब ९८ करोड ८६ लाख ३५ हजार रुपैयाँ राजस्व उठ्ने अनुमान गरेपनि संशोधित अनुमानभन्दा २६ अर्ब ६८ करोड २३ लाख ७८ हजार रुपैयाँ बढी उठेको छ। सुरुका महिनाहरूमा लक्ष्यभन्दा ७ प्रतिशत बढीकै हाराहारीमा राजस्व असुली भएपनि पुस÷माघ÷फागुनमा भने केही खस्किएको थियो। तर, आर्थिक वर्ष सकिँदासम्म राजस्व असुलीमा सुधार आएपछि लक्ष्यभन्दा बढी उठेको कारोबारले लेखेको छ।

२०७२ वैशाख १२ को विनासकारी भूकम्प र आर्थिक वर्ष २०७२/७३ का सुरुवाती महिनाहरूमा भारतीय सीमा नाकामा देखिएको अवरोधले त्यसवर्ष राजस्व बृद्धिमा केही धक्का लागेपनि समग्रमा राजस्व संकलनको बृद्धिमा खासै असर गरेको थिएन। तर, आव २०७३/७४ मा भने राजस्वमा असर पर्नेखालका ठूला घटना नभएकाले समग्रमा राजस्व बृद्धि दर बढेको छ।

जानकारी तथा लेखहरु