फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

९ सय मेगावाटको जलविद्युतमा काम गर्न चीन, भारत सहित १७ कम्पनी इच्छुक

(GMT+08:00) 2017-07-16 19:18:11

बहुचर्चित नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा काम गर्न विभिन्न देशका १७ कम्पनी इच्छुक देखिएका छन्। आयोजनाको प्रवर्द्धक जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले आयोजनमा काम गर्न अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीबाट आशयपत्र (इओआई) मागेको थियो। लट एक अन्तर्गत हाइड्रोमेकानिक कार्य गर्न सात कम्पनी र लट दुई अन्तर्गत इलेक्ट्रोमेकानिकल काम गर्न १० कम्पनी इच्छुक देखिएका हुन्।

लट एक अन्तर्गत हाइड्रोमेकानिक कार्य (प्लानिङ, डिजाइनिङ इन्जिनियरिङ, सबै सिभिल र भौतिक पूर्वाधार कार्य) का लागि एल एन्ड टी–भारत, एचसिसी लिमिटेड–भारत, चाइना गेजुवा–चीन, कोभेक–चीन, सिनो हाइड्रो–चीन, एसकेई एन्ड सी–दक्षिण कोरिया र दोङफङ–चीन इच्छुक देखिएका हुन्। त्यसैगरी, लट दुई अन्तर्गत, इलेक्ट्रोमेकानिकल काम गर्न भोइथ हाइड्रो–भारत, जिई–भारत, एन्डरिट्ज–भारत, बिएचइएल–भारत, एसकेइफोरसी–दक्षिण कोरिया, सिनो हाइड्रो–चीन, चाइना गेजुवा–चीन, कोभेक–चीन, दोङफङ–चीन र तोसिबा–जापान इच्छुक देखिएका हुन्।

उक्त कम्पनीमध्ये लट एक र दुईको काम गर्न १–१ कम्पनी छनोट गर्नुपर्ने हुन्छ। तर, वनको जग्गा खरिद प्रक्रियामा जटिल समस्या आएपछि आयोजना निर्माणको काम अघि बढ्न सेकेको छैन।

जानकारी तथा लेखहरु