फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा आजदेखि १ महिने साउने मेला

(GMT+08:00) 2017-07-16 19:18:41

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा आजदेखि १ महिने साउने मेला सुरु भएको छ । रेसुङ्गाको प्रचारप्रसारका लागि विगतका वर्षहरुमा मेला आयोजना गर्दै आइरहेको मन्दिर व्यवस्थापन समितिले यसवर्ष पनि मेला आयोजना गरेको हो।

१ महिने मेलामा धार्मिक प्रवचनसँगै रुद्री–चन्डी, शिवजीको दैनिक पूजा सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो।

धार्मिक स्थल रेसुङ्गमा पूजा गर्न छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देहीलगायतका देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । मेलाको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको अनलाइन खबरले जनाएको छ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा स्नान गर्दा भुलबस् गरेका पाप नष्ट हुने विश्वास गरिन्छ। धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडी यात्रामा उक्त स्थानमा पुग्न सकिन्छ ।

जानकारी तथा लेखहरु