फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नो जीवनलाई चिन्तन समर्पित गर्ने वैज्ञानिकको कथा

(GMT+08:00) 2017-07-16 19:27:29

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्य अर्थात् स्वर्गीय वैज्ञानिक ह्वाङ ता न्येनले चिनियाँ कम्युनिष्ट पार्टीमा भर्ना हुँदा आफ्नो जीवनलाई चिन्तनमा समर्पित गर्ने अठोट गर्नुभएको थियो। उहाँले जीवनभरि वास्तविक गतिबिधिमार्फत आफ्नो वचन-बद्धतालाई व्यवहारमा उतार्नुभयो।

चि लिन विश्वविद्यालयमा अध्ययनरत् उपप्राध्यापक अर्थात् ह्वाङ ता न्येनका सहकर्मी लिउ चेका अनुसार, ह्वाङले निकै व्यस्त समयमा खाना खान पनि भ्याउनुहुन्थेन र प्रायफ एक कप कफी मात्र खाएर काम गर्ने गर्नुहुन्थ्यो।

सन् 2016को डिसेम्बर आठ तारिख अरु प्रान्तबाट चि लिन प्रान्तको सदरमुकाम छाङ छुन शहर फर्कनुभएका ह्वाङ ता न्येन रोगका कारण अस्पताल भर्ना हुनुभयो। शल्यक्रिया अघिका केही दिनमा उहाँले अस्पतालको कोठामै आफ्ना विद्यार्थीलाई वैज्ञानिक अनुसन्धान योजनाबारे ब्याख्या गर्नुभएको थियो।

के भन्नसकिन्छ भने वैज्ञानिक ह्वाङले आफ्नो सम्पूर्ण जीवनलाई चिन्तनमा समर्पण गर्नुभएको छ।

जानकारी तथा लेखहरु