फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राष्ट्रिय मौद्रिक कार्य सम्मेलन पैचिङ्गमा आयोजित

(GMT+08:00) 2017-07-16 19:28:31

चीनको राष्ट्रिय मौद्रिक सम्मेलन जुलाई चौध तारिखदेखि पन्ध्र तारिखसम्म पैचिङ्गमा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सम्मेलनमा भाग लिएर महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

मौद्रिक कार्य चीनको महत्वपूर्ण मुख्य प्रतिस्पर्धात्मक शक्ति हुनुका साथै मौद्रिक सुरक्षा राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग हो, राष्ट्राध्यक्ष सीले जोड दिंदै भन्नुभयो- मौद्रिक व्यवस्था पनि आर्थिक सामाजिक विकासमा महत्वपूर्ण आधारभूत व्यवस्था रहेको छ।

मौद्रिक कार्यले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मौद्रिक विकासको नियम पालना गरी वास्तविक अर्थतन्त्रलाई सेवा दिने, मौद्रिक धम्कीको नियन्त्रण गर्ने र मौद्रिक सुधारलाई गहन पार्ने यी तीन वटा कार्यभार पूरा गर्नुपर्नेमा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनैतिक व्यूरोका स्थायी सदस्य यु चन शङ्ग, वाङ्ग छी शान र चाङ्ग काउ लीले पनि सम्मेलनमा भाग लिनुभयो।

जानकारी तथा लेखहरु