फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नौ सेनाको ल्याउ निङ्ग विमान वाहक पानी जहाज टोली छिङ्ग ताउको सैनिक बन्दरगाहमा फिर्ता

(GMT+08:00) 2017-07-16 19:56:49

जनमुक्ति सेना हङ्गकङ्गमा तैनाथ भएको बीसौं वार्षिकोत्सव समारोह र केही अभ्यास कार्यभार पूरा गरेको नौ सेनाको ल्याउ निङ्ग विमान वाहक पानी जहाज टोली आज जुलाई तेह्र तारिख छिङ्ग ताउ सहरको सैनिक बन्दरगाहमा फर्किएको छ।

यो नौ सेनाको पानी जहाज टोलीले पहिलो पटक हङ्गकङ्गमा पुगेर ल्याउ निङ्ग विमान वाहक जहाज पहिलो पटक सामान्य जनतासामु सार्वजनिक गरेको हो। यी गतिविधिले हङ्गकङ्गका जनताले अझ बढी चीनको प्रतिरक्षा र सैनिक निर्माणको अवस्थाबारे जानकारी पाउने, विशेष गरी चीनको नौ सेनाको निर्माणमा प्राप्त भएको ठूलो उपलब्धी हङ्गकङ्ग जनताले थाहा पाउन सक्नेछन्।

भविष्यमा ल्याउनिङ्ग विमान वाहक पानी जहाज टोलीले वार्षिक योजनाअनुसार अभ्यास गर्ने छ।

जानकारी तथा लेखहरु