फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु हुने

(GMT+08:00) 2017-07-17 15:44:38
 काठमाडौँको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालले यसै वर्षदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ। डा. रामेश सिंह भण्डारी नेतृत्वको टोलीले यसै आर्थिक वर्ष भित्र अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु गर्न लागेको अनलाइन खबरले लेखेको छ।

'अस्पतालमा कलेजो प्रत्यारोपणका लागि आवश्यक पर्ने पूर्वाधार विकासका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक बजेटसमेत प्राप्त भैसकेको छ,' अस्पतालका कार्यकारी निर्देशक डा. दिपक महराले भन्नुभयो, 'यसै आर्थिक वर्षदेखि सेवा सुरु गर्ने लक्ष्य छ।'

यसैबीच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको स्तरोन्नतीका लागि जापान सरकारले अस्पताललाई सहयोगस्वरुप करिब 70 करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण दिने भएको छ। आउँदो डिसेम्बरसम्म प्राप्त हुने उक्त उपकरणका लागि जापान सरकारले जापानमै बोलपत्र आह्वान गरिसकेको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. महराका अनुसार आउँदो फेब्रुअरीसम्ममा सञ्चालन हुने लक्ष्यका साथ जापान सरकारले एमआरआई, मेमोग्राम, अल्ट्रासाउण्ड, एनेस्थेसियाको लागि आवश्यक उपकरण लगायत छन्।

'महाभूकम्पका बेला अस्पतालको निरीक्षण गर्न आएका जापानका राजदूतले अस्पताललाई सहयोग स्वरुप पैसा नै दिने निर्णय गरेका थिए। तर उक्त पैसाले गुणस्तरीय उपकरण खरीदमा समस्या आउन सक्ने देखिएपछि हामीले उपकरणकै माग गर्‍यौं,' डा. महराले भन्नुभयो।

सोही मागलाई दृष्टिगत गरी जापान सरकारले यही डिसेम्बरसम्म आउने गरी एक अर्ब रुपैयाँ बराबरको उपकरण दिने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो। यसैबीच चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रि.वि. शिक्षण अस्पताल र जापानको आम्दा इन्टरनेशनलबीच विपद व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ।

http://www.onlinekhabar.com/2017/07/610390/

जानकारी तथा लेखहरु