फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सडक भासिएपछि नेपाल, चीनका कन्टेनर आवतजावत बन्द

(GMT+08:00) 2017-07-17 15:45:27

नेपाल र चीनलाई जोड्ने पासाङलामु राजमार्गको धुञ्चे नजिक त्रिशूली नदी छेउमा आधा सडक भासिएपछि हिजो आइतबार अपराह्नदेखि मालबाहक सवारीसाधन आवतजावत बन्द भएको छ।

ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार उक्त सडक गत असार 14 गतेदेखि भासिने क्रम शुरु भएको र समयमा मर्मत हुन नसक्दा हिजो अपराह्नदेखि नेपाल–चीनबीचको व्यावसायिक सामान ढुवानी गर्ने कन्टेनर आवतजावत बन्द भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

करिब दश मिटर लम्बाइ सडकको भाग क्षति भएको र ग्याबिन वालद्वारा सडक यथास्थानमा ल्याई ठूला सवारीसाधन सञ्चालन गराउन सल्लाह दिइसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सडक खुलाउने आवश्यक उपकरण पठाइ दिन सडक कार्यालयमार्फत आग्रह गरिसकेको बताउनुभयो।

सडक क्षति भएको स्थानका भूभाग कमजोर भएका कारण वर्षायाममा ग्याबिन लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गरी मालबाहक ट्रक खुलाउने कार्ययोजना बनाइसकेको र आवश्यक उपकरण भोलिसम्ममा धुञ्चे पुग्ने रसुवा सडक हेर्ने डिभिजन सडक कार्यालय, नुवाकोटका डिभिजन प्रमुख रोहितकुमार विसुरालले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु