फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण र उत्तर कोरियाबीच पुन वार्ता सुरु हुने कुरामा चीन आशावादी

(GMT+08:00) 2017-07-17 18:27:47

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले दक्षिण कोरिया र उत्तर कोरियाले सक्रिय रुपमा प्रयास गरी पुन वार्ता सुरु गर्न वातावरण सिर्जना हुने आशा चीनले लिएको बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। दक्षिण कोरिया सरकारले जुलाई सत्र तारिख उत्तर कोरियालाई सैन्य वार्ता र रेड क्रस सम्मेलनको आयोजना गर्ने प्रस्ताव पठाएको खबरबारे चर्चा गर्दै प्रवक्ता लु खाङले दक्षिण र उत्तर कोरियाबीच वार्तामार्फत आपसी सम्बन्ध सुधार भएर सहयोग बढाउनु नै दुवै पक्षका मूल हितसँग अनुकूल रहेको र कोरियाली प्रायद्वीपको तनावपूर्ण स्थितिको सुधार गर्न तथा क्षेत्रीय शान्ति, स्थिरता र सुरक्षा बढाउन मद्दत पुग्नसक्ने विचार चीनले लिइरहेको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु