फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रीष्म याममा विदेश पर्यटन गर्ने चिनियाँ पर्यटक संख्या तीन करोड

(GMT+08:00) 2017-07-17 18:28:12

हरेक वर्षको गर्मी बिदा चीनको शिखर यात्रा अवधि हो। चीनको एउटा पर्यटन कम्पनी स्येछङले "सन् 2017 को गर्मी बिदामा विदेश यात्रा प्रतिवेदन" सार्वजनिक गरेको छ। सो प्रतिवेदनमा यो ग्रीष्म याममा विदेश पर्यटन गर्ने चिनियाँ पर्यटक‌को संख्या तीन करोडभन्दा बढी हुने र यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हुने उल्लेख छ। चिनियाँ पर्यटकका लागि थाइल्याण्ड, जापान र दक्षिण कोरिया लगायतका मुलुक अझै पनि सबैभन्दा लोकप्रिय गन्तव्य मुलुक रहेका छन्। यसबाहेक मध्य-पूर्वी यूरोप तथा दक्षिण एशिया लगायतका "बेल्ट एण्ड रोड इनिसिएटिभ" सम्बन्धित मुलुक र क्षेत्रमा पनि धेरै चिनियाँ पर्यटकले भ्रमण गर्न चाहेका छन्।

सन् 2016 मा विदेश पर्यटन गर्ने चिनियाँ पर्यटकको संख्या बाह्र करोड बीस लाख रहेको छ। यो संख्या विश्वको पहिलो स्थानमा रहेको छ। यसका साथै विदेशमा उपभोग्य बस्तुको खरिद द्रुत गतिले बृद्धि भएको छ। सन् 2016 मा एक खर्ब नौ अर्ब असी करोड अमेरिकी डलर बराबरको उपभोग्य वस्तुको कारोबार भएको छ।

विशाल चिनियाँ पर्यटक गन्तव्य मुलुकको आर्थिक विकासको महत्वपूर्ण शक्ति भएको र त्यसैले झन् बढी मुलुकले सम्बन्धित नीति सर्वाजनिक गर्दै झन् बढी चिनियाँलाई आफ्नो मुलुकमा भ्रमण गराउने चाहना राखेका छन्।

जानकारी तथा लेखहरु