फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इतिहास नबिर्सन चीनद्वारा अमेरिकालाई चेतावनी

(GMT+08:00) 2017-07-17 18:28:39

 जुलाई चौध तारिख अमेरिकी काँग्रेसको प्रतिनिधि सभाले सन् 2018 मा वित्तीय वर्ष रक्षामन्त्रालयको प्राधिकरण ऐनको पारित गरेकोथियो जसले अमेरिका-ताइवान युद्धपोतको आपसी भ्रमणको सम्भावनाको मूल्याङ्कन गर्न अमेरिकी रक्षामन्त्रीलाई आग्रह गरिएको छ। त्यसको प्रतिकृया दिन चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले अमेरिका र ताइवानबीचको कुनै पनि सरकारी आदान-प्रदान र सैन्य सम्पर्कलाई चीनले विरोध गरिरहेको इतिहासलाई नबिर्सन अमेरिकालाई ताकिता गरेको बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। उहाँले सो सम्बद्ध ऐनले एक चीन नीति र चीन-अमेरिका तीनवटा संयुक्त विज्ञप्ति सिद्धान्तमा गम्भीर रुपमा विपरीत रहेको र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले चीनले अमेरिकासँग कडा कुराकानी गरेको उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु