फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा कूल गार्हस्थ उत्पादनको तुलनामा प्रतिव्यक्ति आयको बृद्धिदर बढी

(GMT+08:00) 2017-07-17 18:29:07

चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरोले जुलाई सत्र तारिख एक प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनमा यो वर्षको पछिल्ला छ महिनाभित्र चिनियाँ जनताको प्रति व्यक्ति आय बाह्र हजार नौ सय बत्तीस युआन पुगेको छ उल्लेख छ। यो गत वर्षको सोहि अवधिको तुलनामा 8.8 प्रतिशतले बृद्धि भएको छ। मूल्यवृद्धिका कारण वास्तविक वृद्धि 7.3 प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। यो वर्षको छ महिनामा चीनको आर्थिक बृद्धिदर 6.9 प्रतिशतले बृद्धि भएको छ। कूल गार्हस्थ उत्पादनको बृद्धि दरको तुलनामा चीनमा प्रतिव्यक्ति आय बढी रहेको छ।

चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरोका प्रवक्ता सिङ च हौँले जनताको आय द्रुत गतिले बृद्धि भएको बताउँदै शहर र गाँउ क्षेत्रका जनताको आयको अन्तर कम हुने क्रम जारी रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु