फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्षको छ महिनामा चीनको आर्थिक बृद्धिदर 6.9 प्रतिशत

(GMT+08:00) 2017-07-17 18:29:40

 चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरोले आज जुलाई सत्र तारिख एक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार, यो वर्षको पछिल्ला छ महिनामा चिनियाँ राष्ट्रिय गार्हस्थ उत्पादनको कूल रकम 3 सय 81 खर्ब उनन्चास अर्ब चिनियाँ युआन पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा 6.9 प्रतिशतले बृद्धि भएको हो।

चिनियाँ राष्ट्रिय तथ्यांक व्यूरोका प्रवक्ता सिङ च हौँले आर्थिक स्थिर रुपमा बृद्धि भएको, रोजगारी बृद्धि भएको, सामानको मूल्य स्थिर रहेको, आय बृद्धि भएको र संरचनात्मक अनुकूलन गरेको जानकारी दिनुभयो।

पछिल्ला छ महिनामा औद्योगिक उत्पादन गत वर्षको सोही अवधिको तुलनामा 6.9 प्रतिशतले बृद्धि भएको छ। उपभोग्य सामानमा सामाजिक उपभोक्ता सामानको कुल खुद्रा बिक्री कूल रकम 1 सय 72 खर्ब छत्तीस अर्ब नब्बे करोड चिनियाँ युआन पुगेको छ।

जानकारी तथा लेखहरु