फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्बारा कश्मिर क्षेत्रमा आगो लगाएर चार पाकिस्तानी सैनिकको हत्या

(GMT+08:00) 2017-07-17 18:30:19

 पाकिस्तानी सेनाले बताए अनुसार, जुलाई सोह्र तारिख भारतीय सेनाले काश्मिर क्षेत्रको भारत र पाकिस्तान बीच वास्तविक नियन्त्रण रेखाको नजिकै पाकिस्तानको एउटा सैनिक कारमा आगो लगाउँदा चारजना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। कारमा आगो लागेपछि पाकिस्तानी सैनिकहरु नजिकैको नदीमा हाम फालेका थिए। उनीहरु त्यहाँ डुबेर मरेको जनाइएको छ।

पाकिस्तानी सैनिक सूचना व्यूरोका प्रमुख असिफ गोफरले हिजो एउटा वक्तव्य प्रकाशित गर्दै हालसम्म एक जना सैनिकको लास पाइएको बताउनु भएको छ। पाकिस्तानी सेनाले भारतीय आक्रमणको जवाफ दिने कडा प्रतिक्रिया असिफले व्यक्त गर्नु भएको छ।

उहाँले भारतीय सेनाले कश्मिर क्षेत्रमा भएको आक्रमणले युद्ध विराम सम्झौताको गम्भिर रुपमा उल्लंघन भएको औँल्याउनुभएको छ। भारतको यो कारवाहिको उद्देश्य आफ्नो वैध अधिकारको हित पाउनका लागि भारत-नियन्त्रित काश्मिर क्षेत्रका सर्वसाधारणहरुद्बारा गरिएको लडाइलाई अन्यन्त्र मोड्न खोजेको उहाँले बताउनुभयो। भारतले सर्वसाधारणहरुमाथि आगो लगाएर हत्या गर्न सक्छ, तर पाकिस्तानले सर्वसाधारणहरुमाथि त्यस्तो आगजनी गर्न नसक्ने उहाँले बताउनुभयो। भारतले यसको केही जवाफ दिएको छैन।

जानकारी तथा लेखहरु