फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ हस्तकला प्रदर्शनी

(GMT+08:00) 2017-07-18 11:04:42

जुलार्इ १७ तारिख पैचिङस्थित एक सङ्ग्रहालयमा चिनियाँ हस्तकला प्रदर्शनी शुरू भएको छ। करिब बीस दिन चल्ने उक्त प्रदर्शनीमा चिनियाँ कला वस्तुका साथै ती कलालार्इ आजको दिनसम्म संरक्षण गर्दैआएका कलाकारहरूका दिनचर्या तथा जीवनबारेको डकुमेन्ट्री पनि प्रदर्शनी गरिने छ।

सिकाडा नामक संस्थाले तयार पारेको ती डकुमेन्ट्री भिडियोहरूको यो दोस्रो श्रृंखला हो। जुन भिडियोहरूलार्इ चिनियाँ वेबसाइट यूखौमा निशुल्क हेर्नसकिन्छ।

उक्त उद्घाटन कार्यक्रमलार्इ सिकाडा, यूखौ र सीआरआई अनलार्इनले संयुक्त रूपमा आयोजना गरेको छ। यस प्रदर्शनीको मुख्य आकर्षण पैचिङको स्वर्ग मन्दिर रहेको छ। जुन ७१०८ वटा काठका टुक्राले बनाइएको छ।

जानकारी तथा लेखहरु