फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक विकासका लागि नेपाल–भारत सहकार्य आवश्यक

(GMT+08:00) 2017-07-18 17:57:48

नेपाल र भारतको आर्थिक विकासका लागि दुबै देश बीचको सम्बन्धलाई झन् बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ। नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीसँग सोमवार गरेको भेटमा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले सो कुरामा जोड दिनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उहाँले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनामा लगानीका लागि भारत सरकारसँग आग्रह गर्दै दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे संजाललाई मुख्य शहरसम्म पुग्ने गरी परियोजना बनाउनुपर्नेमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

सो अवसरमा राजदूत पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक हो भन्दै नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुबै देश बीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपालमा जलविद्युत, पर्यटनलगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने बताउँदै उहाँले नेपाल र भारतबीचको सदियौँदेखिको मित्रतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।

भेटमा चेम्बरका पदाधिकारी तथा कार्यसमितिका सदस्यको सहभागिता थियो।

जानकारी तथा लेखहरु