फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्कृष्ट बलिङसँगै नेपालको दोस्रो जित

(GMT+08:00) 2017-07-18 17:58:16

उत्कृष्ट बलिङसँगै नेपालले यू-19 विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई 58 रनमा अलआउट गरेको अनलाइन खबरले लेखेको छ। यस अगाडि नेपालले सिंगापुरलाई जितेको थियो। यो लक्ष्य भेट्टाउन पनि नेपालले 9.5 ओभरमा 5 विकेट गुमाउनु परेको थियो। नेपालको पहिलो विकेट सस्तैमा गुमाएको थियो। टिमको स्कोर मात्र 8 रन हुँदा ओपनर सन्दिप सुनार मात्र 6 रनमा आउट भए। पहिलो खेलमा पनि सन्दिप चलेका थिएनन्।

आदिल खान पनि 5 रनमै आउट भए। आसिफ शेखले भने आक्रामक पारी खेल्ने प्रयास गरे। उनले 20 बलमा 5 चौकाको मदतमा 23 रन बनाए। भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी भने फेरि सस्तैमा आउट भए। उनले मात्र 4 रन जोडे। अनिल साह शून्यमै आउट भए।

प्रिनित थापामगर अविजित 19 र रोहित कुमार 4 रनमा अविजित रहे। यसअघि मलेसियाको सुरुवात खराब रहृयो। पहिलो ओभरको पाँचौं बलमा नै किशोर महतोले पहिलो विकेट लिँदा मलेसियाले खाता समेत खोल्न सकेको थिएन।

सैफुला मलिक र वीरदीप सिंहले दोस्रो विकेटका लागि 21 रनको साझेदारी गर्दै पारी सम्हाल्न खोजे। तर, 12 औं ओभरको चौथो बलमा नेपाली टोलीका कप्तान समेत रहेका सन्दिप लामिछानेले मलिकलाई व्यक्तिगत 8 रनमा आउट गराए। त्यसपछि पवन सरार्फले लगातार 2 विकेट लिए भने सन्दिपले दोस्रो विकेट लिँदा मलेसियाले 13.5 ओभरमा मात्र 26 रन जोडेर महत्वपूर्ण 5 विकेट गुमाइसकेको थियो।

त्यसपछि पनि मलेसियाका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। 10 औं विकेटरका लागि हाष्कल खैर र हफिजुद्दिनले 19 रनको साझेदारी गरे। तर, 25.5 ओभरमा सन्दिपले खैरको विकेट लिएपछि मलेसिया 58 रनमा अलआउट भयो।

मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि सन्दिप एक्लैले 5 विकेट लिए। 8.5 ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र 17 रन दिए। पवन सरार्फले 3 विकेट लिँदा किशोर महतो र सन्दिप सुनारको नाममा 1-1 विकेट रहृयो।

http://www.onlinekhabar.com/2017/07/610901/

जानकारी तथा लेखहरु