फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ केन्द्रीय मौद्रिक र आर्थिक नेतृत्व टोलीको 16 औँ सम्मेलन

(GMT+08:00) 2017-07-18 17:59:15

चीनका राष्ट्राध्यक्ष एवं चिनियाँ केन्द्रीय मौद्रिक र आर्थिक नेतृत्व टोलीका प्रमुख सी चिन फिङले हिजो जुलाई सत्र तारिख दिउँसो चिनियाँ केन्द्रीय मौद्रिक र आर्थिक नेतृत्व टोलीको 16 औँ सम्मेलनको आयोजना गर्नुभएको छ। सम्मेलनमा लगानी र बजारको वातावरणलाई सुधार गर्ने र विदेशी खुलापनलाई विस्तार गर्ने सम्बन्धी समस्यामा अध्ययन गरिनेछ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले लगानी र बजारको वातावरणलाई सुधार गर्ने, विदेशी खुलापनलाई विस्तार गर्ने, बजारको सञ्चालन लागत कम गर्ने, स्थिर, समान तथा पारदर्शी बजार वातावरण बनाउने, खुला आर्थिक नयाँ प्रणाली निर्माण गर्ने र देशको आर्थिक विकासलाई दिगो तथा स्थिर बनाउने बताउनुभयो।

चीनका प्रधानमन्त्री एवं चिनियाँ केन्द्रीय मौद्रिक र आर्थिक नेतृत्व टोलीका सदस्य ली ख छ्याङ, उप प्रधानमन्त्री एवं चिनियाँ केन्द्रीय मौद्रिक र आर्थिक नेतृत्व टोलीका सदस्य चाङ काउ ली पनि यस पटकको सम्मेलनमा सहभागी हुनुभएको छ।

जानकारी तथा लेखहरु