फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा नयाँ राष्ट्रपतिको निर्वाचन सम्पन्न

(GMT+08:00) 2017-07-18 18:00:20

हिजो जुलाई सत्र तारिख विहान दश बजेदेखि साँझ पाँच बजेसम्म भारतीय संसदका सदस्यहरु र विभिन्न राज्यका राज्यसभा सदस्यहरु नयाँ राष्ट्रपतिको निर्वाचनमा सहभागी भएका छन्। राष्ट्रपति निर्वाचनको नतिजा यही बीस तारिख सार्वजनिक हुनेछ। यस पटकको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मतदान भएको हो। निर्वाचनमा 99 प्रतिशत मतदान भएको समाचारमा उल्लेख छ।

भारतीय राष्ट्रपतिको निर्वाचनमा पहिले 95 जनाले उम्मेदवार बन्ने चाहना राखेका थिए। अन्तमा राष्ट्रिय लोकतान्त्रिक लिगका तर्फबाट बिहार राज्यका प्रमुख रामनाथ कोविन्द र विपक्षी पार्टीका तर्फबाट काँग्रेसको तल्लो सदनका पूर्व सभामुख मिरा कुमार उम्मेदवार रहेका छन्।

"इन्डियन इक्सप्रेस"का अनुसार यस पटकको चुनावमा राम नाथ कोविन्द निर्वाचित हुने संभावना 70 प्रतिशत रहेको छ।

जानकारी तथा लेखहरु