फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ताओ धर्म संघको 60औँ वार्षिकोत्सव

(GMT+08:00) 2017-07-18 18:00:46

हिजो जुलाई सत्र तारिख चिनियाँ ताओ धर्म संघ स्थापना भएको 60औँ वार्षिकोत्सव पैचिङमा आयोजना भएको छ।

ताओ धर्म चिनियाँ मूल धर्म हो। यो धर्मको हालसम्म एक हजार आठ सय वर्षको इतिहास छ। सन् 1957 को अप्रिलमा चिनियाँ ताओ धर्म संघ पैचिङमा औपचारिक रुपमा स्थापना भएको थियो।

चिनियाँ ताओ धर्म संघका प्रमुख ली क्वाङ फूले 60 वर्षदेखि चिनियाँ ताओ धर्म संघको अवस्थाबारे जानकारी दिनुभयो। उहाँले 60 वर्षदेखि ताओ धर्म संघले आदान-प्रदानको बाटोलाई विस्तार गरिरहेको भन्दै ताओ धर्मको संस्कृतिलाई विश्वमा सकारात्मक रुसमा फैलाउनका लागि विश्व ताओ धर्म संयुक्त संघको सम्झौता प्रस्तुत गरेको बताउनुभयो। उहाँले सन् 2007 देखि चार चरणमा अन्तर्राष्ट्रिय ताओ धर्म मञ्च आयोजना भएको जानकारी पनि दिनुभयो।

उहाँले भविष्यमा चिनियाँ ताओ धर्म संघले "बेल्ट एण्ड रोड इनिसिएटिभ" अवधारणमा सम्बन्धित मुलुकसँग धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोगलाई सबल पार्ने बताउनुभयो।

जानकारी तथा लेखहरु