फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पूर्वाधार लगानी बैङ्कले सर्वोच्च मूल्याङ्कन पाएमा चीन प्रशन्न

(GMT+08:00) 2017-07-18 18:44:46

अन्तर्राष्ट्रिय क्रेडिट मूल्याङ्कन एजेन्सी फिचले एक प्रतिवेदन सार्वजनिक गर्दै एशियाली पूर्वाधार लगानी बैङ्कलाई सर्वोच्च क्रेडिट अर्थात् तीनवटा एएए प्रदान गरेको छ। गत जुन महिनामा एशियाली पूर्वाधार लगानी बैङ्कले मूडिसको सर्वोच्च मूल्याङ्कन पाएपछि फेरि सर्वोच्च तीनवटा अन्तर्राष्ट्रिय क्रेडिट मूल्याङ्कन संस्थाको सर्वोच्च मूल्याङ्कन पाएको हो। यसप्रति चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले खुशी व्यक्त गर्दै एशियाली पूर्वाधार लगानी बैङ्कले अझ राम्रोसँग भूमिका निर्वाह गर्ने विश्वास चीनले लिएको व्यक्त गर्नुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले एशियाली पूर्वाधार लगानी बैङ्कको संस्थापकको रुपमा रहेको चीनलाई त्यसबारे खुशी लागेको भन्दै उक्त मूल्याङ्कनबाट एशियाली पूर्वाधार लगानी बैङ्कले अझ राम्रोसँग भूमिका निर्वाह गरी विभिन्न सदस्य मुलुकबीचको अन्तर्सम्पर्क र आर्थिक दिगो विकासलाई बढाउन मद्दत गर्नसक्ने विश्वास चीनले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु