फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नान चिङ नरसंहार दोहोर्‍याउन नहुने चीनको परराष्ट्रमन्त्रालयको भनाइ

(GMT+08:00) 2017-07-18 18:45:07

नान चिङ नरसंहार पुनः नदोहोरियोस् भन्ने सन्देशका साथ जुलाइ पन्ध्र तारिख जापानको हिरोशिमा एक प्रदर्शनी गरिएको छ। नान चिङ जापान विरोधी युद्ध संग्रहालय र हिराशिमा नान चिङ नरसंहार प्रदर्शनी समितिले संयुक्त रुपमा सो प्रदर्शनीको आयोजना गरेरका हुन्। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले त्यसमाथि सक्रिय मूल्याङ्कन गर्नुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले यो वर्ष नान चिङ नरसंहारको असी वर्ष भइसकेको भन्दै नान चिङ नरसंहार जापानी सैन्यवादीले दोस्रो विश्व युद्धमा गरेको गम्भीर अपराध रहेको र बिर्सन नसकिने इतिहास रहेको कुरा व्यक्त गनुभयो। इतिहासबाट सिकेर युद्धको दुःख पुनःदेख्न नपरोस् भन्दै शान्तिको संरक्षण र भविष्यको विकास गर्नसक्ने विचार उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु