फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाङमा 25 हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन

(GMT+08:00) 2017-07-19 18:33:49
 दाङ जिल्लामा आर्थिक वर्ष 073/74 मा करिब 25 हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यस्थापन गरिएको छ। जिल्लामा रहेका सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा गरी 25 हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गरिएको जिल्ला वन कार्यालयल दाङले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

जिल्लामा रहेका 4 सामुदायिक वन र राष्ट्रिय वनमा गरी 24.9 हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गरिएको सहायक जिल्ला वनअधिकृत हरि गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सदावार सामुदायिक वनमा 3.2 हेक्टर, पूर्वहापुरे सामुदायिक वनमा 5.2 हेक्टर, करी सामुदायिक वनमा 6 हेक्टर, पदमपुर सामुदायिक वनमा 7 हेक्टर र राष्ट्रिय वनमा 3.5 हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गरिएको हो।

वैज्ञानिक वन व्यवस्थापनका लागि कार्यालयले 2 सामुदायिक वनलाई केही रकम सहयोग गरेको थियो भने 2 वटा सामुदायिक वनले आफैं वैज्ञानिक वन व्यवस्थापन गरेका हुन्। वन कार्यालयका अनुसार एउटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि आएको रकमलाई 2 वटा सामुदायिक वनमा लगाइएको हो। सहायक जिल्ला वनअधिकृत गौतमका अनुसार पूर्वहापुरे सामुदायिक वन र पदमपुर सामुदायिक आफैंले वैज्ञानिक वन व्यवस्थापन गरेका हुन्।

सदवार सामुदायिक वन र करी सामुदायिक वनका लागि वन कार्यालयले केही रकम सहयोग गरेको थियो। वैज्ञानिक वन व्यवस्थापनका लागि 11 वटा समूहले वन कार्यालयमा निवेदन पेश गरेका थिए। त्यसमध्ये 3 वटाको कार्य योजनासमेत स्वीकृत भइसकेको कार्यालयले जनाएको छ। अन्यको प्रक्रियामा रहेको वन कार्यालयले जनाएको छ। पछिल्लो चरणमा सामुदायिक वनहरू वैज्ञानिक वन व्यवस्थापनप्रतिको चासोसमेत बढदै गएको सहायक वन अधिकृत गौतमले बताउनुभयो।

उहाँले भन्नुभयो, "अहिले सामुदायिक वनहरू वैज्ञानिक वन व्यवस्थापन गर्नु पर्दछ भन्ने भएको छ।" वैज्ञानिक वन व्यवस्थापनको महत्व बुझेर वन व्यवस्थापन गर्नु पर्दछ भन्ने बढेको हुनसक्ने वन कार्यालयको भनाइ छ। सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त तथा वनले उत्पादन गर्ने वस्तुको निरन्तरताको सुनिश्चिततासहितको वन व्यवस्थापन गरिने जिल्ला वनअधिकृत सूर्यकान्त सिग्देलले बताउनुभयो।

वैज्ञानिक वन व्यवस्थापनले व्यवस्थापनमा दुर दृष्टि राख्ने, उद्देश्य प्राप्तिका निम्ति रणनीति बनाउने र नतिजा निर्धारण गर्नुका साथै वनको मौज्दात विश्लेषण, वार्षिक रूपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण तथा आर्थिक, सामाजिक तथ्यांक संकलन र विश्लेषण गर्न सकिने छ। वन संवद्र्धन प्रणालीद्वारा वनमा रहेका परिपक्व अस्वस्थ, धोद्रा रूखहरूलाई हटाई नयाँ बिरुवाले प्रतिस्थापन गराउने वनअधिकृत सिग्देलले बताउनुभयो। दिगो वनका लागि वनमा 4 पुस्ताका विरुवा हुन आवश्यक हुन्छ।

ठूला बिरुवा, पोल, लाथ्रा र बिउ हुन आवश्यक पर्दछ। त्यसैअनुसार व्यवस्था गरेमा मात्र दिगो वन हुने उहाँको भनाइ छ। वन व्यवस्थापन गर्ने विधि अपनाउन सकेमा समुदायको साथै राष्ट्रिय आयमा भरपर्दो टेवा हुनसक्ने सिग्देलको भनाइ छ।

वैज्ञानिक वन व्यवस्थापन गर्दा 1 हेक्टरमा स्वस्थमा रुख 15 देखि 25 वटा मात्र राखेर अरु हटाइने सहायक जिल्ला वनअधिकृत गौतमले बताउनुभयो। जिल्लामा वैज्ञानिक वन व्यवस्थान पर्दा सामुदायिक वनको क्षेत्रफलअनुसार ब्लक बनाएर व्यवस्थापन गरिएको बताउनुभयो। एउटा व्लगमा 10 वर्षमा सक्ने गरी कार्ययोजना बनाइएको छ। यसरी कार्य गर्दा सुरु गरेको स्थानमा आइपुग्नका लागि कम्तीमा पनि 80 वर्ष लाग्ने गौतमको भनाइ छ।

http://www.karobardaily.com/news/80849

जानकारी तथा लेखहरु