फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय सेना तुरुन्तै फिर्ता हुनुपर्ने चिनियाँ अडान

(GMT+08:00) 2017-07-19 18:34:14

चीनको परराष्ट्र मन्त्रलायका प्रवक्ता लु खाङले हिजो जुलाई अठार तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा भारतले आफ्नो राजनीतिक लक्ष्य हासिल गर्नका लागि आफ्ना सैनिकलाई अवैध रुपमा चिनियाँ सीमामा प्रवेश नगर्न चीनले कडा ताकिता गरेको बताउनुभयो।

प्रवक्ता लुले भारतीय सीमा सैनिकले अवैध सीमा पार गरेको कुरालाई अन्तर्राष्ट्रिय समाजले व्यापाक रुपमा ध्यान दिएको बताउनुभयो। उहाँले चीनका लागि केही मुलुकका कूटनीतिज्ञहरुले सोबारे जिज्ञासा राख्दै बुझ्न कठिन भएको बताउनुभयो।

उहाँले चीन र भारत सीमाको सिक्किम क्षेत्र चीन र भारत दुवै पक्षले निर्धारण गरेको सीमा हो भन्दै यस पटकको कुराको तथ्यः भारतीय सैनिकले निर्धारण गरेको सीमा पार र चीनको भूमिमा प्रवेश गरेको बताउनुभयो।

भारतले स्थिति बुझेर आफ्ना सैनिकलाई भारतीय क्षेत्रमा तुरुन्तै फिर्ता गर्नुपर्ने उहाँल बताउनुभयो।

जानकारी तथा लेखहरु