फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाङचौमा ब्रिक मुलुक प्राबिधिक सिर्जना मन्त्री स्तरीय पाँचौं सम्मेलन

(GMT+08:00) 2017-07-19 18:34:41

ब्रिक मुलुक प्राबिधिक सिर्जना मन्त्री स्तरीय पाँचौं सम्मेलन हिजो जुलाई अठार तारिख चीनको हाङचौमा आयोजना भएको छ। यस पटकको सम्मेलनको मुख्य विषय "सिर्जना र सहयोगलाई गहन पारौँ" भन्ने रहेको छ।

यस पटकको सम्मेलनमा प्राबिधिक सिर्जना नीतिको आदान-प्रदान, सम्बन्धी क्षेत्रको सहयोग, बहुपक्षीय अध्ययन र विकास कार्यलाई संयुक्त रुपमा आर्थिक सहायता लगायतका क्षेत्रमा सहमति भएको छ।

चिनियाँ विज्ञान मन्त्री वाङ काङले ब्रिक मुलुक विश्वमा दिगो विकासका मुख्य शक्तिहरु मध्ये एक रहेको बताउनुभयो। उहाँले आर्थिक विकास, रोजगारीलाई समर्थन तथा विश्व सिर्जनामा देखा परेको धेरै चुनौतिको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु