फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा प्यालेष्टाइन राष्ट्रपति अब्बाससँग भेट-वार्ता

(GMT+08:00) 2017-07-19 18:35:04

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो जुलाई अठार तारिख चीन भ्रमणमा रहनुभएका प्यालेष्टाइन राष्ट्रपति अब्बाससँग भेट-वार्ता गर्नुभयो।

सो अवसरमा राष्ट्राध्यक्ष सीले प्यालेष्टाइन समस्याको समाधानबारे चारवटा अडान प्रस्तुत गर्नुभयो। उहाँले प्यालेष्टाइन समस्याको समाधानमा चीनले निरन्तर रुपमा सकारात्मक भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले चीनले प्यालेष्टाइनसँग प्रयास गर्दै राजनीतिमा आपसी समर्थन गर्ने र उच्चस्तरीय आदान-प्रदान कायम राख्ने भन्दै दुवै मुलुक बीचको विभिन्न क्षेत्रको सहयोगलाई अझ अगाडि बढाउने बताउनुभयो।

राष्ट्रपति अब्बासले चीनले दिएको सकारात्मक प्रस्तावको उच्च मूल्यांकन गर्नुभएको छ। दुवै मुलुकका नेताले चीन र प्यालेष्टाइन बीचको मैत्री सहयोग सम्बन्ध अझ चौतर्फी रुपमा विकास गर्ने कुरामा सहमति जनाउनु भएको छ।

जानकारी तथा लेखहरु