फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिका चौतर्फी आर्थिक वार्ता अमेरिकाको वशिन्टनमा आयोजित

(GMT+08:00) 2017-07-19 18:35:29

 पहिलो चरणको चीन र अमेरिका चौतर्फी आर्थिक वार्ता आज जुलाई उन्नाईस तारिख अमेरिकाको वशिन्टनमा आयोजना भयो। चीनका उप प्रधानमन्त्री वाङ याङ र अमेरिकी अर्थ मन्त्री स्टेभन टर्नर म्युचिन र वाणिज्य मन्त्री विल्बुर रोस वार्तामा सहभागी हुनुभयो।

अठार तारिख वशिन्टनमा आयोजित चीन-अमेरिका उद्योग-वाणिज्य संयुक्त स्वागत भोजमा चिनियाँ उपप्रधानमन्त्री वाङले "आपसी हित पारस्परिक लाभ सहयोग उत्कृष्ट सहयोग" विषयमा सम्बोधन गर्नुभयो। उहाँले अमेरिकाद्बारा चीनलाई निर्यात प्रतिबन्ध विस्तृत गर्न आह्वान गर्नुका साथै चीन र अमेरिका आर्थिक बीचमा प्रतिस्पर्धाभन्दा सहयात्री बढी भएको बताउनुभयो। सहयोग नै दुवै मुलुकका लागि एक मात्र सही विकल्प रहेको पनि उहाँले बताउनुभयो।

अमेरिकी अर्थ मन्त्री स्टेभनले चौतर्फी आर्थिक वार्ताको उद्देश्य दुवै मुलुक बीच आर्थिक तथा व्यापारिक विकासमा देखा परेको समस्याको समाधान गर्नु रहेको बताउनुभयो। उहाँले विश्वमा सबैभन्दा ठूला दुई अर्थव्यवस्था अमेरिका र चीन बीच धेरै साझा हित रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु