फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानमाथि अमेरिकाको प्रतिकबन्धबाट चिनियाँ उद्योगमाथि प्रभाव

(GMT+08:00) 2017-07-19 18:43:05

अमेरिका राज्य परिषदले जुलाई अठार तारिख एउटा वक्तव्य जारी गरी इरानले चौतर्फी सम्झौताको पालना गरेकोबारे निश्चित गरी चौतर्फी सम्झौताबमोजिम इरानमाथि आणविक क्षेत्रको प्रतिबन्ध निरन्तर नराख्ने बताएको छ। साथै इरानले ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको र आतंकबादीलाई समर्थन गरेको आदि कार्य सम्झौतसँग विपरीत भएको भन्दै आलोचना गरेको छ। सोही दिन अमेरिकाले इरानसम्बन्धी एघार वटा उद्योग र सातजना व्यक्तिलाई एकपक्षीय प्रतिबन्ध लगाएको छ। त्यसरी प्रतिबन्ध लगाइएका व्यक्ति र व्यवसायमा चिनियाँ निजी व्यवसाय र व्यक्ति पनि समावेश छन्।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले त्यसबारे चर्चा गर्दै चीनले कुनै पनि किसिमको आवणिक प्रसारको कडा विरोध गर्नुका साथै सम्बन्धित अन्तर्राष्ट्रिय दायित्व र वचनबद्धताको कडा पालना गर्ने बताउनुभयो। कुनै पनि मुलुकले आफ्नो आन्तरिक कानुनका आधारमा अरु देशमाथि नियन्त्रण गर्ने कार्यको चीनले विरोध गरेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु