फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पबाट क्षतिग्रस्त काठमाडौँको वसन्तपुर दरवार खतरामुक्त

(GMT+08:00) 2017-07-20 18:21:14

दुई वर्ष अगाडिको भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रलाई विश्व सम्पदाको सूचीबाट हटाउने खतरा टरेको छ। पोल्यान्डको क्रयाकोमा हालै सम्पन्न विश्व सम्पदाको 41 औँ अधिवेशनमा विश्व सम्पदामा परेका क्षेत्रको संरक्षण लागि नेपालले गरिरहेको पहलबारे जानकारी दिइएको गोरखापत्र अनलाइनले लेखेको छ।

सम्मेलनमा सहभागी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले लेबनान लगायत मुलुकले वसन्तपुरलाई केही वर्ष खतराको सूचीमा राख्न लबिङ गरेको जानकारी दिनुभयो। तर, टर्कीका प्रतिनिधिले नेपाललाई साथ दिएपछि यसपटक हामीले यो खतरा टारेका छौँ, उहाँले स्मरण गर्नुभयो। आगामी फेब्रुअरीमा युनेस्कोको 'रिएक्टिभ मोनिटरिङ मिसन' नेपालको सम्पदा संरक्षणमा भएका प्रगति अनुगमनका लागि काठमाडौँ आउनेछ। त्यति बेलासम्म नेपालले 'हेरिटेज आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालु' कायम राख्ने गरी काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेर आएको छ।

यसैबीच, भूकम्पका कारण भत्किएको धरहरा पुनःनिर्माण गर्ने विषयमा संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयबीच सहमति हुन सकेको छैन। भूकम्पको कारण भत्किएको धरहरालाई यथावत राखेर वरपरका करिब 40 रोपनी क्षेत्रफलमा पुरानै धरहराको स्वरूपमा नयाँ टावर निर्माण गर्न डिजाइन तयार भए पनि दुई निकायबीच विवाद छ। धरहराका लागि नेपाल टेलिकमले करिब तीन अर्ब रुपियाँ लगानी गर्न तयार भएको जनाउँदै आएको छ। तर, पछिल्लो चराणमा टेलिकमले कुल क्षेत्रफलको करिब 30 प्रतिशत क्षेत्रफलमा आफ्नो व्यावसायिक भवन निर्माण गर्न पाउनुपर्ने माग अघि सारेपछि अन्योल थपिएको हो।

http://gorkhapatraonline.com/news/42841

जानकारी तथा लेखहरु