फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खाडि संकटबारे चीनको तीनवटा अडान

(GMT+08:00) 2017-07-20 18:22:36

चीनका परराष्ट्र मन्त्री वाङ यीले हिजो जुलाई उन्नाईस तारिख पैचिंगमा संयुक्त अरब एमिरेट्सका विदेश मन्त्री सुलतान अल जावेरसँग भेट-वार्ता गर्दै हालै खाडी संकटबारे चीनको तीनवटा अडान प्रस्तुत गर्नुभयो।

परराष्ट्रमन्त्री वाङ यीले खाडी क्षेत्रको स्थिरतालाई सुरक्षा गर्ने, जीसीसी एकीकरण सुरक्षा गर्ने, खाडीका विभिन्न मुलुकले सँग-सँगै आतंकबाद विरोध गर्दै क्षेत्रीय मुलुक र अन्तर्राष्ट्रिय समाजको साझा हितलाई अनुकूल गर्ने बताउनुभयो। उहाँले चीन खाडीका विभिन्न मुलुकका लागि मित्र रहेको ‌बताउनुभयो। चीनले खाडी संकट राम्ररी समाधान हुन सक्ने आशा पनि व्यक्त गर्नुभयो। उहाँले चीनले तीनवटा अडान प्रस्तुत गर्नुभयो। चीनले प्रस्तुत गरेका तीनवटा अडानमा राजनीतिक र कुटनीतिबाट समस्याको समाधान गर्ने कार्यमा चीनको समर्थन रहनेछ। त्यसैगरी जीसीसीको प्रारुपमा अरबको उपायमार्फत हालको मतभेद हटाउने कुरा दोस्रो अडानमा उल्लेख छ। परराष्ट्रमन्त्री वाङले तेस्रो अडानका रुपमा विभिन्न पक्षले चाँडै वार्ता आयोजना गर्नुपर्ने बताउनुभयो।

संयुक्त अरब एमिरेट्सका राज्य मन्त्री सुलतान अल जावेरले राजनीतिक तथा कुटनीति उपायमार्फत मतभेद हटाउने र कतारको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताउनुभयो। उहाँले विभिन्न पक्षले आतंकबाद विरोध लगायतका महत्वपूर्ण समस्यामा सहमति गर्ने आशा पनि व्यक्त गर्नुभयो। चीन महत्वपूर्ण र प्रभावकारी ठूलो मुलुक रहेकाले चीनको तीनवटा अडानलाई सराहना पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु