फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका सहयोगमा दृढ आधार प्रदान

(GMT+08:00) 2017-07-20 18:48:30

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले चीन-अमेरिका पहिलो चौतर्फी आर्थिक वार्ता नवीन, व्यावहारिक र रचनात्मक वार्ता हो भन्दै दुवै पक्षले सम्पन्न गरेको सहमति र हासिल गरेको उपलब्धिबाट भविष्यमा चीन र अमेरिकाबीचको सहयोगलाई दृढ आधार प्रदान गर्ने बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलन प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। यस वार्ताको सबभन्दा ठूलो उपलब्धि चीन-अमेरिका आर्थिक सहयोगको सही दिशा निश्चित गरेको उहाँले बताउनुभयो। आपसी हितयुक्त सहयोगलाई द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई विकास गर्ने आधार सिद्धान्त मान्ने, वार्ता तथा सल्लाहलाई मतभेदको समाधान गर्ने आधारभूत उपाय मान्ने र महत्वपूर्ण आर्थिक नीतिको सम्पर्क कायमलाई वार्ता गरी सहयोग गर्ने आधारभूत उपायको रुपमा लिने वार्ताका मुख्य उपलब्धि हुन् जसले भविष्यमा दुई पक्षबीचको सहयोगलाई दृढ आधार प्रदान गर्नसक्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु