फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्य-पूर्वको शान्ति र स्थिरताका लागि चीनको निरन्तर प्रयास

(GMT+08:00) 2017-07-20 18:49:08

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज जुलाई बीस तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा हालै मध्य-पूर्व परिस्थति धेरै जटिल रहेको र संयुक्त राष्ट्र संघको स्थायी समितिको सदस्य मुलुक चीनले क्षेत्रीय मुलुकसँग सहयोग गर्दै अन्तर्राष्ट्रिय समाजसँग मध्य-पूर्व परिस्थिति सही दिशामा बढाउने बताउनुभयो।

हालै प्यालेष्टाइनका राष्ट्रपति, ट्युनिशियाका विदेश मन्त्री, यूएईको राज्य मन्त्री, कतारका विदेश मन्त्रीले छुट्टा छुट्टै चीन भ्रमण गर्नु भएको छ। केही पत्रकारले मध्य-पूर्व मुलुकसँग सकारात्मक आदान-प्रदान गर्ने चीनको अडान बारे प्रश्न गरेका छन्।

सोबारे प्रवक्ता लुले मध्य-पूर्वमा अस्थिरता हुँदा विश्व शान्तिमा असर पर्ने बताउनुभयो। चीनले कूनै पनि स्वार्थ बिना क्षेत्रीय मुलुक र जनताको हितबाट मध्य-पूर्व समस्याको समाधान गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु