फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नारायणगढ-मुग्लिन सडकले चितवनको पर्यटन धरासायी

(GMT+08:00) 2017-07-21 16:32:17

नारायणगढ–मुग्लिन सडकखण्डका कारण चितवनको पर्यटन ब्यवसाय धरासायी बनेको छ। पर्यटक आगमन शुन्य जस्तै छ। पर्यटकीय गन्तब्य सौराहा सुनसान छ। ठूला होटल तथा रिसोर्ट रहेका नारायणगढ, मेघौली, पटिहानी, जगतपुर, कसरा क्षेत्रको पर्यटन ब्यवसाय प्रभावित बनेको कान्तिपुर अनलाइनले लेखेको छ। ब्यवसायी निराश छन्। यहांका लागि भनेर आउने पर्यटक पोखरा, बन्दिपुरतिर 'डाईभर्ट' भइरहेका छन्। होटल बुकिङ धमाधम रद्द हुन थालेपछि व्यवसायी चिन्तित छन।

सौराहा आउने पर्यटक मुग्लिनबाट पोखरातिर जान थालेका हुन। 'सडकले गर्दा ब्यवसाय चौपट भयो,' सौराहास्थित होटल सेन्टर पार्कका सञ्चालक श्यामकाजी महतले भन्नुभयो यता आउने धेरै पर्यटक मुग्लिनबाट फर्काइ सक्यौं।' उहाँका अनुसार गत असार 28 मा चार किलोमा खसेको पहिरोका कारण पर्यटकले सास्ती खेप्नु पर्‍यो। भोकभोकै बस्नु पर्‍यो। 7 घण्टा जाममा परे। मुग्लिनमा बाटो खुल्ने आशमा बसेका पर्यटक नखुलेपछि पोखरातिर लागे। 60 जना भारतीय पर्यटक सडक नखुल्ने भएपछि विकल्प खोज्दै पोखरा गएको महतले बताउनुभयो।

उहाँको होटलमा 46 वटा रुम छन्। अहिले सबै खाली छ। 'निल जस्तै भएको छ,' उहाँले भन्नुभयो,'सौराहा सुनसान भएपछि तनावै तनावमा भक्तपुर घर आएर बसेको छु।' उहाँका अनुसार यो बेला इण्डियन, चाईनिज र आन्तरिक पर्यटक आउँथे। सेमिनारु समेत अन्यत्र डाईभर्ट हुन थालेकाले होटलका स्टाफलाई तलव खुवाउन समस्या भएको छ। यो समस्या महतको मात्र होइन। सौराहामा रहेका 1 सय 10 होटलको हो। 2 हजारले रोजगारी पाएपनि ब्यवसाय धरासय बन्दा तलब खुवाउन धौ/धौ परेको छ।

बजार/पसल सुनसान छन्। पर्यटक नआउंदा हात्ती सफारी, जीप सफारी, डुंगा, गाईड सबै क्षेत्र प्रभावित बनेको छ। 'यो बेला सिजन नभएपनि अघिल्ला बर्षहरुमा 25 देखि 50 प्रतिशत पर्यटक हुन्थे,' क्षेत्रीय होटल संघ अध्यक्ष सुमन घिमिरेले भन्नुभयो,' अहिले 5 देखि 7 प्रतिशत भन्दा बढी पर्यटक छैनन।' सडकको स्तर उन्नतीको काम सुरु भएयता पर्यटन ब्यवसायमा प्रभाव पर्दै आएको छ। सौराहा र निकुञ्ज आसपास सहित 1 सय 50 होटल छन्।

'सडकको अबस्थाले जिल्लाको समग्र पर्यटन ब्यवसायमा असर पुगेको छ,' उहाँले भन्नुभयो,' अहिलेलाई मात्र होइन, अघिपछिलाइ समेत काम लाग्ने गरी नारायणगढ–मुग्लिनको विकल्प खोज्न जरुरी छ।' उहाँले यसमा सरकार गम्भिर हुनु पर्ने बताउनुभयो। पर्यटक आउन छाडेपछि सञ्चालक होटलमा बस्न छाडेका छन्। अन्य गाडीले बैकल्पिक मार्ग प्रयोग गर्ने गरेपनि पर्यटन बस बैकल्पीक मार्गमा चलाउने गरिएको छैन। ती मार्गबाट जान ढिलो हुने, सांघुरो र घुम्ती बढी हुने हुंदा पर्यटक झन्झट मान्छन। हवाई मार्गबाट सबै पर्यटक आउन सक्दैनन।

धादिङको नौबिसेदेखि दामन हुदै हेटौंडा भएर सौराहा आउन मिल्छ। त्यस्तै मलेखु–भण्डारा चेपाङ राजमार्गको ट्रयाक खुली सकेकाले यसलाई सञ्चालनमा ल्याउन सकिए नारायणगढ–मुग्लिनको उपयुक्त विकल्प हुने अध्यक्ष घिमिरेले बताउनुभयो। ' राज्यले मलेखु–भण्डारा राजमार्गलाई स्तर उन्नती गरी चांडै सञ्चालनमा ल्याउनु पर्छ,' उहाँले भन्नुभयो,' यसो गर्न सकिए केही राहत मिल्ने थियो।' बाटोले गर्दा हवाईमार्ग प्रयोग गर्ने पर्यटक बढेका छन्। बुद्ध, यति र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन्।

'सडकको अबस्थाले गर्दा 3 वटा ग्रुपले बुकिङ क्यान्सील गरी सके,' कसरास्थित जंगल भिल्ला रिसोर्टका सञ्चालक गणेश पौडेलले भन्नुभयो,' एउटा ग्रुप आउने तयारीमा भएपनि बाटोदेखि डर लागेको भन्दै आउन मानी राखेका छैन।' उनले पहिला काठमाडौं, पोखरा हुदैं पर्यटक चितवन आउंथे। अहिले काठमाडौं र पोखरा मात्र जाने आउने गरेको उनले गुनासो गरे। 'जाम भयो, आउन सकिएन भन्दै मुग्लिनबाटै पोखरा जाने पर्यटक धेरै छन्,' उहाँले भन्नुभयो,' यो विषयमा सम्बन्धीत निकाय गम्भिर नभए र विकल्प नखोजिए पर्यटन ब्यवसाय चौपट बन्ने खतरा निश्चित छ।'

असारदेखि भदौ सम्म उक्त सडकमा समस्या बढी हुन्छ। पहिरोको जोखिम उच्च छ। पहिरो खस्नसाथ सडक अबरुद्ध हुन्छ। पहिरो खुलाउन 2 दिन सम्म लाग्ने गरेकाले पर्यटक आगमन प्रभावित बन्न पुगेको हो। यता पर्यटन ब्यवसायीको पहलमा बुद्ध एयरले भरतपुर–पोखरा उडानको तयारी थालेको छ। बुद्ध एयरका अनुसार आगामी भदौ 30 गतेबाट उडान सुरु हुने छ। 18 जना क्षमताको जहाजले नियमित एक उडान गर्ने छ। यो खबरले निराश पर्यटन ब्यवसायीमा थोरै खुशी थप्ने काम गरेको छ।

http://kantipur.ekantipur.com/news/2017-07-20/20170720205633.html

जानकारी तथा लेखहरु