फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चरणको चीन-अमेरिका आर्थिक वार्ता उपलब्धिमुलक

(GMT+08:00) 2017-07-21 16:33:47

हिजो जुलाई उन्नाईस तारिख चीन-अमेरिका पहिलो चौतर्फी आर्थिक वार्ता अमेरिकाको वाशिंटनमा आयोजित भयो। चीनका उप प्रधानमन्त्री वाङ याङ र अमेरिकी अर्थ मन्त्री स्टेभन टर्नर म्युचिन र वाणिज्य मन्त्री विल्बुर रोस वार्तामा सहभागी हुनुभयो।

दुवै पक्षले सेवा उद्योग, चीन-अमेरिका आर्थिक सहयोग सय दिनको योजना तथा वार्षिक योजना, विश्व आर्थिक तथा प्रशासन, समष्टिगत आर्थिक नीति, व्यापार तथा लगानी, उच्च प्राबिधिक उत्पादन व्यापार, कृषि सहयोग आदि विषयमा व्यापक छलफल गरेका छन्। दुवै पक्षले आपसी नीतिलाई अझै समझदार बनाउँदै समस्या समाधानका लागि समय तालिका र सडक नक्शामा छलफल गर्दै केही विषयमा सहमति गरेका छन्। यस पटकको वार्तामा निर्धारित उद्देश्य हासिल गरिएको समाचारमा उल्लेख छ।

जानकारी तथा लेखहरु