फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका एकसय पन्ध्रवटा कम्पनी फर्च्युन पत्रिकाको सूचिमा

(GMT+08:00) 2017-07-21 16:34:07

अमेरिकी "फर्च्युन म्यागेजिन" ले पैचिङ समय अनुसार हिजो जुलाई बीस तारिख राति "फर्च्युन 2017" को नामावली प्रकाशन गर्दै विश्वका सबैभन्दा शक्तिशालि पाँचसय कम्पनीको सूचि सार्वजनिक गरेको छ। सो सूचिमा चिनियाँ कम्पनीको कूलसंख्या निरन्तर रुपमा बृद्धि हुँदै एक सय पन्ध्र ‌पुगेको छ। गत वर्षको तुलनामा पाँच वटा बढी चिनियाँ कम्पनी यो सूचिमा अटाएका छन्। यो सूचिमा राखिएका चिनियाँ कम्पनीको कूल संख्या विश्वमा दोस्रो स्थानमा रहेको छ।

यो सूचिमा अमेरिकी कम्पनी एक सय बत्तीसवटा रहेका छन् भने जापानका एकाउन्नवटा कम्पनी रहेका छन्। यो सूचिमा पहिलो स्थानमा वाल-मार्ट कम्पनि रहेको छ। त्यसपछि चीनको स्टेट ग्रिड कर्पोरेसन, चाइना पेट्रोलियम केमिकल कर्पोरेसन, चाइना नेसनल पेट्रोलियम कर्पोरेसन र जापानको टोयोटा मोटर कर्पोरेसन रहेका छन्।

जानकारी तथा लेखहरु