फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको चिकित्सा तथा औषधी प्रणालीको सुधारबाट सर्वसाधारण लाभान्वित

(GMT+08:00) 2017-07-24 16:09:03

गत साता औषधी उद्योग-व्यवसायहरूसँग वार्ता गरिएपछि क्यान्सरलगायतका 36 किसिमका औषधीहरू चीनको राष्ट्रिय चिकित्सा बिमा नामावलीमा थपिने भएको छ। ती ‌औषधीको सरदर मूल्य 40 प्रतिशतले घट्ने छ। विरामीको औषधी शुल्कको बोझ ठूलो मात्रामा घट्ने छ। चालू वर्ष चीनले चिकित्सा तथा ‌औषधी प्रणालीको सुधारलाई गहन पार्ने महत्वपूर्ण वर्ष हो। चीनले औषधी उत्पादन, परिसंचरण र प्रयोग नीति सुधार गर्ने छ। चालू वर्षको सेप्टेम्बर तीस तारिखअघि सबै सरकारी अस्पतालहरूले औषधी बिक्रीबाट पाउँदै आएको कमिशन रकम हटाउनुपर्ने नियम ल्याइएको छ।

चिकित्सा तथा ‌औषधी प्रणालीको सुधारलाई गहन पारेयता चीनको राष्ट्रिय आधारभूत ‌औषधी व्यवस्था प्रारम्भिक रुपमा स्थापना भएको छ। जसबाट औषधीको आपूर्तिको प्रत्याभूति गरिएको छ भने औषधीको मूल्य पनि क्रमशःघटेको छ। चालू वर्षको शुरुमा चीन सरकारले दस्तावेज सार्वजनिक गरी समस्त समाजको चिकित्सा तथा औषधी शुल्कको बोझ न्यून

गर्ने कुरामा जोड दिएको छ।

जानकारी तथा लेखहरु