फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सेनाको सुधारबाट ठूलो प्रगति हासिल

(GMT+08:00) 2017-07-24 18:30:36

चालू वर्ष चिनियाँ जन मुक्ति सेना स्थापना भएको 90औं वार्षिकोत्सव हो। 24 तारिख चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सैन्य आयोग र रक्षा मन्त्रालयका जिम्मेवारहरुले चिनियाँ सेनाको निर्माण र विकास अवस्थाबारे जानकारी दिएका छन्।

केही वर्षदेखि चिनियाँ रक्षा र सेनाको निर्माणमा सक्रिय उपलब्धि हासिल गरिएको रक्षा मन्त्रालयका प्रवक्ता उ छ्यानले व्यक्त गर्नुभएको छ। उदाहरणका लागि, सन् 2015 नभेम्बर केन्द्रिय सैन्य आयोगले सुधार कार्य बैठकको आयोजना गरेर रक्षा तथा सेनाको सुधारलाई गहन पार्ने निर्णय गरेको थियो। हालसम्म योजना बमोजिमका कदमबाट सुधार निरन्तर हुँदै महत्वपूर्ण चरण र क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको प्रवक्ता उले चर्चा गर्नुभएको छ।

साथै चिनियाँ सेनाले सैन्य कानून-नियमको व्यवहारिक क्षमतालाई सबल पारेको केन्द्रिय सैन्य आयोगअन्तर्गत कानून व्यवस्थापन व्यूरोका उपप्रमुख लु युले जानकारी दिनुभएको छ।

त्यसबाहेक चिनियाँ सेनाको वैदेशिक सहयोग तथा आदान-प्रदान दिन प्रतिदिन बढ्नुका साथै क्षेत्र पनि विस्तार पार्दैआएको छ। अन्तर्राष्ट्रिय सैन्य आयोगको भविषय झन् झन् व्यापक हुने प्रवक्ता उले बताउनुभएको छ।

जानकारी तथा लेखहरु