फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई-शिगाच्छे एयरलाइन्सको पहिलो सफल उडान

(GMT+08:00) 2017-07-31 16:01:51

चाइना इस्टर्न एयरलाइन्सको शाङ्गहाई-सीआन-शिगाच्छे एयरलाइन्सको पहिलो उडान जुलाई तीस तारिख दिउँसो सफलताका साथ सम्पन्न भएको छ।

चाइना इस्टर्न एयरलाइन्सका अनुसार, शाङ्गहाई-शिगाच्छे एयरलाइन्स सञ्चालनमा आएको कुराबाट शाङ्गहाई र तिब्बत बीचको दूरीलाई नजिक बनाउनुका साथै अझ सुविधाजनक र उच्च कुशलतायुक्त वायु राजमार्गको स्थापना भएको छ। शिगाच्छे र पूर्वी समुद्री क्षेत्र बीचको सहयोग तथा आदान-प्रदानलाई सबल पार्न र विश्वको महत्वपूर्ण पर्यटकीय स्थलको निर्माणका लागि त्यसको निकै महत्वपूर्ण अर्थ रहेको छ।

प्राप्त जानकारी अनुसार, उड्ने कार्यभारलाई सुरक्षित र सुनिश्चित बनाउनका लागि यो नयाँ एयरलाइन्सको उडानमा विविध प्रणालीका लागि अनुकूल हुने गरी सुधार गरिएको छ।

उक्त शाङ्गहाई-सिआन-शिगाच्छे एयरलाइन्स हरेक बिहीबार र आइतबार शिगाच्छे पुग्नेछ र सोही दिन शाङ्गहाई फर्कंनेछ।

जानकारी तथा लेखहरु