फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङहाई-तिब्बत पठार भूमिको उच्च भागमा बनेको एक्सप्रेस राजमार्ग सञ्चालनमा

(GMT+08:00) 2017-08-01 18:41:33

छिङहाई-तिब्बत पठार भूमिको धेरै वर्षसम्म चिस्सिएको भूमिमा बनेको पहिलो एक्सप्रेस राजमार्ग अर्थात् छिङहाई कोङयु एक्सप्रेस राजमार्ग अगष्ट एक तारिख सञ्चालनमा आएको छ।

उक्त एक्सप्रेस राजमार्गको निर्माण कार्य सन् 2011 को मे महिनादेखि शुरु भएको थियो। त्यसको कुल लम्बाई छ सय पैंतीस दशमलब छ एक किलोमिटर रहेको छ। त्यसमा जम्मा छबीस अर्ब छयान्नब्बे करोड चिनियाँ युआन लगानी भएको छ।

छिङहाई स्थानीय रेलमार्ग निर्माण लगानी लिमिटेड कम्पनीका महाप्रबन्धक ना छी छाइका अनुसार, उक्त कोङयु एक्सप्रेस राजमार्ग उच्च समुद्र सतह, अत्यन्त चिसो तापक्रम र उच्च गति रहेकाले "तीन उच्च" राजमार्ग पनि भनिएको छ। सो राजमार्ग औसतमा समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको छ।

जानकारी तथा लेखहरु